Below Menu
Below Menu

प्रभु महालक्ष्मी लाइफले व्यतित बीमा लेखमा लाग्ने बिलम्ब शुल्कमा ७५ प्रतिशत छुट दिने 

प्रभु महालक्ष्मी लाइफले व्यतित बीमा लेखमा लाग्ने बिलम्ब शुल्कमा ७५ प्रतिशत छुट दिने 

काठमाडौं : प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले व्यतित बीमा लेखमा लाग्ने बिलम्ब शुल्क (ब्याजर/जरिवाना) मा छुट दिने भएको छ । कम्पनीले नविकरण गर्नुपर्ने बीमालेखको मोहलत अवधि नाघी व्यतित भई पुनर्जागरणका लागि तोकिएको प्रत्रिया पुरा गरेका बीमालेखहरुमा छुट दिने भएको हो ।

इन्स्यारेन्सले उक्त बीमालेखहरुमा बैशाख २३ गतेदेखि ३१ गतेसम्ममा समुन्नती जीवन बीमा याृजना बोहकका बीमालेखहरु नविकरणरपुनर्जागरण गर्दा विभिन्न शर्तहरुको अधिनमा रही बीमाशुल्कमा लाग्ने बिलम्ब शुल्क ७५ प्रतिशत छुट प्रदान गर्ने भएको हो ।

यस योजनामा समावेश भएक बीमालेहरु पुनर्जागरण भएको २ वर्ष भित्र समपर्ण गर्न आएमा प्रदान गरेको बिलम्ब शुल्क छुटका सम्पूर्ण रकम कट्टा गरिने कम्पनीले जनाएको छ । 

यसका साथै यस भन्दा पहिले बीमाशुल्क छुट लिइसकेका बीमालेखलाई यस योजनामा समावेश गरिने छैन भने छुट योजनामा सहभागी भई छुट प्रापत गर्ने बीमितलाई पुरा बीमा अवधिभर पुनः ब्याज छुट नगरिने कम्पनीले जनाएको छ । 
 

Advertisment

थप समाचार