काठमाडौं : इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार संस्थाले यस अवधिमा ५ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा २८० प्रतिशतले बढी हो । गत वर्ष कम्पनीले एक करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा संस्थाको इम्पेयरमेन्ट चार्ज रिभर्स हुँदा खुद नाफा बढेको हो । चैत मसान्तसम्म आइपुग्दा कम्पनीले एक करोड ५५ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज रिभर्स गरेको छ । गत आवको सोही अवधिमा संस्थाको इम्पेयरमेन्ट चार्ज मात्रै ५ करोड ६५ लाख रुपैयाँ बराबरको थियो ।
गत वर्ष १९ करोड ३० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको लघुव्त्तिले यस अवधिमा १९ करोड ९३ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । जुन ३.२६ प्रतिशत बढी हो ।
यस अवधिमा नाफासँगै संस्थाको प्रतिशेयर आम्दानी पनि बढेको छ । लघुवित्तको प्रतिसेयर आम्दानी १०.४० रुपैयाँले बढेर १४.१० रुपैयाँ पुगेको हो । त्यस्तै प्रतिसेयर नेटवर्थ भने १४४.५० रुपैयाँ छ ।
चैतमसान्तसम्म ४९ करोड ७४ लाख १५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको संस्थाको जगेडा कोषमा २६ करोड ५७ लाख रुपैयाँ छ भने रिटेन्ड अर्निङ भने ४ करोड ४६ लाखले ऋणात्मक छ ।
Advertisment