काठमाडौं : जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार संस्थाले यस अवधिमा ६२ लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
गत वर्षको सोही अवधिमा ३ करोड ९२ लाख रुपैयाँ नोक्सानी व्यहोरेको कम्पनीको नाफामा सुधार देखिएको हो ।
यस अवधिमा संस्थाको इम्पेयरमेन्ट चार्ज र खराब कर्जा घटेका कारण नाफामा सुधार देखिएको हो । चैत मसान्तसम् आइपुग्दा संस्थाको इम्पेरिमेन्ट चार्ज ४९.०६ प्रतिशतले घटेर ५ करोड १७ लाख रुपैयाँमा झरेको छ । त्यस्तै गत वर्ष ७.४२ प्रतिशत रहेको संस्थाको खराब कर्जा घटेर ७.३९ प्रतिशतमा झरेको छ ।
साथै गत वर्ष ३ करोड ९२ लाख रुपैयाँ रुपैयाँ सञ्चालन नोक्सामा रहेको कम्पनी यस अवधिमा आइपुग्दा ८९ लाख ७३ हजार रुपैयाँ सञ्चालन नाफामा रहेको छ । यसले गर्दा पनि नाफामा धनात्मक भएको हो ।
गत वर्ष २० करोड ८२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको लघुवित्तले यस अवधिमा २३ करोड ८५ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । जुन १२.७१ प्रतिशत कम हो ।
यस अवधिमा संस्थाको नाफासँगै संस्थाको प्रतिशेयर आम्दानी पनि बढेको छ । गत वर्ष ३२.७० रुपैयाँ ऋणात्मक रहेको लघुवित्तको प्रतिसेयर आम्दानी बढेर ४.५८ रुपैयाँ पुगेको हो । त्यस्तै प्रतिसेयर नेटवर्थ भने २८०.२४ रुपैयाँ छ ।
चैतमसान्तसम्म १८ करोड २८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको संस्थाको जगेडा कोषमा २६ करोड ८३ लाख रुपैयाँ छ भने रिटेन्ड अर्निङ भने ६ करोड ११ लाख रुपैयाँमा झरेको छ ।
Advertisment