Below Menu

राजस्व अनुसन्धान विभागका महानिर्देशकमा चक्र बुढा, ढुंगाना परराष्ट्रमा

राजस्व अनुसन्धान विभागका महानिर्देशकमा चक्र बुढा, ढुंगाना परराष्ट्रमा

काठमाडौं : राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाको सरुवा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विभागका महानिर्देशक ढुङ्गानालाई प्रधानमन्त्री कार्यालय लगिएको छ ।

Sponsored Advertisement

ढुंगाना गत असार महिनामा विभागको महानिर्देशकमा नियुक्त भएका थिए । उनी विरुद्ध कोटीभीटी कम्पनीको राजस्व चुहावट सम्बन्धमा उच्च अदालत पाटनमा मुद्दा दायर गरेपछि ढुंगाना विवादमा परेका थिए ।

परराष्ट्र मन्त्रालयमा ल्याइएको ढुंगानालाई कलकत्ताको महावाणिज्य दूतको जिम्मेवारी दिने तयारी छ । पर्यटन विभागबाट सरुवा गरेर प्रधानमन्त्री कार्यालयमा ल्याइएका चक्रबहादुर बुढालाई विभागको महानिर्देशकको जिम्मेवारी दिइएको छ । 

थप समाचार