काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २४.५८ अंकले घटेर १९७४.३७ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से ७.३१ अंकले घटेर १९९८.९६ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ४२ कम्पनीको शेयरमूल्य बढेको छ । भने १९६ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै सात कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा तीन अर्ब ७९ करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा चार अर्ब १३ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज नेपाल फाइनान्सको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १२ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा दोल्ती पावर कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज पिपुल्स पावर कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
Advertisment