Below Menu
Below Menu

महिला लघुवित्तको खराब कर्जा ६.०३ प्रतिशत बिन्दुले घट्यो 

महिला लघुवित्तको खराब कर्जा ६.०३ प्रतिशत बिन्दुले घट्यो 

काठमाडौं : महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार संस्थाले यस अवधिमा ४ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । 

उक्त नाफा गत आवको सोही अवधिको तुलनामा २३.२६ प्रतिशतले कम हो । गत वर्षको सोही अवधिमा कम्पनीले ५ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 

यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी घटेका कारण नाफामा असर परेको हो । गत वर्ष २० करोड ५८ करोड ब्याज आम्दानी गरेको संस्थाले यस वर्ष ११ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको छ । 

चैत मसान्तसम्मको कम्पनीको सञ्चालन आम्दानी ३०.७३ प्रतिशतले घटेको छ । त्यस्तै संस्थाले ३ करोड ५६ लाख रुपैयाँ इम्पेरिमेन्ट चार्ज रिभर्स गरेको छ । गत वर्षको चैतसम्म कम्पनीको इम्पेयरमेन्ट चार्ज ३ करोड २६ लाख रुपैयाँ बराबरको थियो । 

यस अवधिमा कम्पनीको खराब कर्जा ९.८० प्रतिशत बिन्दुबाट घटेर ३.७७ प्रतिशत विन्दुमा झरेको छ । चैत मसान्तसम्म कम्पनीको वितरणयोग्य नाफा ३ करोड ६४ लाख रहेको छ । 

नाफासँगै संस्थाको प्रतिशेयर आम्दानी पनि घटेको छ । यस अवधिसम्म आइपुग्दा लघुवित्तको प्रतिसेयर आम्दानी ७.४९ रुपैयाँले घटेर २४.६८ रुपैयाँ कायम भएको छ भने प्रतिसेयर नेटवर्थ भने २०१.८६ रुपैयाँ देखिएको छ । 

चैत मसान्तसम्म २१ करोड ७५ लाख ६२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा १७ करोड ८५ लाख सञ्चिति छ ।


 

Advertisment

थप समाचार