काठमाडौं : नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार संस्थाले यस अवधिमा १८ लाख ११ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ६५.३२ प्रतिशतले कम हो । गत वर्षको सोही अवधिमा कम्पनीले ५२ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी घटेका कारण नाफामा असर परेको हो । गत वर्ष २१ करोड ६७ लाख ब्याज आम्दानी गरेको संस्थाले यस वर्ष १७ करोड एक लाख रुपैयाँ आम्दानी गरेको छ । जुन २१.५० प्रतिशत कम हो ।
चैत मसान्तसम्मको कम्पनीको सञ्चालन आम्दानी १६.१८ प्रतिशतले घटेको छ भने सञ्चालन नाफा २२८.१३ प्रतिशतले बढेको छ । त्यस्तै संस्थाले ९४ लाख १४ रुपैयाँ इम्पेरिमेन्ट चार्ज रिभर्स गरेको छ । गत वर्षको चैतसम्म कम्पनीको इम्पेयरमेन्ट चार्ज २ करोड ४६ लाख रुपैयाँ बराबरको थियो ।
यस अवधिमा कम्पनीको खराब कर्जा ९.९१ प्रतिशत बिन्दुबाट बढेर ९.९८ प्रतिशत विन्दुमा पुगेको छ । चैत मसान्तसम्म कम्पनीको वितरणयोग्य नाफा ६ करोड ५२ लाख रहेको छ ।
नाफासँगै संस्थाको प्रतिशेयर आम्दानी पनि घटेको छ । यस अवधिसम्म आइपुग्दा लघुवित्तको प्रतिसेयर आम्दानी ०.९३ रुपैयाँले घटेर ०.५० रुपैयाँ कायम भएको छ भने प्रतिसेयर नेटवर्थ भने १७२.२४ रुपैयाँ देखिएको छ ।
चैत मसान्तसम्म ४८ करोड ५७ लाख ६० हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा २८ करोड ६४ लाख सञ्चिति छ । त्यस्तै रिटेन्ड अर्निङ ६ करोड ४४ लाख रुपैयाँ रहेको छ ।
Advertisment