Below Menu
Below Menu

नाफासँगै बढ्यो मिथिला लघुवित्तको प्रतिशेयर आम्दानी 

नाफासँगै बढ्यो मिथिला लघुवित्तको प्रतिशेयर आम्दानी 

काठमाडौं : मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार संस्थाले यस अवधिमा ३ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । 

उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ४१.५१ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीले २ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 

यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेका कारण नाफामा बढेको हो । गत वर्ष ७ करोड ३३ लाख रुपैयाँ ब्याज आम्दानी गरेको संस्थाले यस वर्ष ९ करोड ६५ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन ३१.५३ प्रतिशत धेरै हो ।

चैत मसान्तसम्मको कम्पनीको सञ्चालन आम्दानी १६.५३ प्रतिशतले बढेको छ भने सञ्चालन नाफा ४४.२९ प्रतिशतले बढेको छ । 
यस अवधिमा कम्पनीको खराब कर्जा ४.९४ प्रतिशत बिन्दुबाट घटेर ३.९ प्रतिशत विन्दुमा पुगेको छ । यस अवधिसम्ममा लघुवित्तले १ करोड १९ लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ ।

नाफासँगै संस्थाको प्रतिशेयर आम्दानी पनि बढको छ । यस अवधिसम्म आइपुग्दा लघुवित्तको प्रतिसेयर आम्दानी ३.८३ रुपैयाँले बढेर २०.४४ रुपैयाँ कायम भएको छ भने प्रतिसेयर नेटवर्थ भने १६९.४१ रुपैयाँ देखिएको छ । 

चैत मसान्तसम्म १९ करोड ६० लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा १३ करोड ६० लाख सञ्चिति छ । 


 

Advertisment

थप समाचार