Below Menu
Below Menu

आशा लघुवित्तले कमायो साढे तीन करोड नाफा, प्रतिशेयर आम्दानी कति ?  

आशा लघुवित्तले कमायो साढे तीन करोड नाफा, प्रतिशेयर आम्दानी कति ?  

काठमाडौं : आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार संस्थाले यस अवधिमा ३ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । 

उक्त नाफा गत आवको सोही अवधिको तुलनामा १७.४८ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 

यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र खुद फि तथा कमिसन आम्दानी बढेका कारण नाफामा बढेको हो । गत वर्ष १८ करोड ४३ लाख रुपैयाँ ब्याज आम्दानी गरेको संस्थाले यस वर्ष ३१ करोड ६२ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन ७१.५७ प्रतिशत धेरै हो ।

चैत मसान्तसम्मको कम्पनीको सञ्चालन आम्दानी ७८.८९ प्रतिशतले बढेको छ । त्यस्तै खुद फि तथा कमिसन आम्दानी २ हजार ८८८.७० प्रतिशत र सञ्चालन नाफा १६.६७ प्रतिशतले बढेको छ । 

यस अवधिमा कम्पनीको खराब कर्जा ४.९३ प्रतिशत बिन्दुबाट बढेर ४.९५ प्रतिशत विन्दुमा पुगेको छ । यस अवधिसम्ममा लघुवित्तको वितरणयोग्य नाफा १२ करोड ३३ लाख रुपैयाँ रहेको छ ।

नाफा बढेपनि संस्थाको प्रतिशेयर आम्दानी भने घटेको छ । यस अवधिसम्म आइपुग्दा लघुवित्तको प्रतिसेयर आम्दानी ३.४८ रुपैयाँले घटेर ८.०७ रुपैयाँ कायम भएको छ भने प्रतिसेयर नेटवर्थ भने १५८.९९ रुपैयाँ देखिएको छ । 

चैत मसान्तसम्म ६४ करोड १६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा २५ करोड ५१ लाख सञ्चिति छ । 

Advertisment

थप समाचार