काठमाडौं : सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार संस्थाले यस अवधिमा २ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ५९.३१ प्रतिशतले कम हो । गत वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेका कारण नाफामा बढेको हो । गत वर्ष ४३ करोड ९६ लाख रुपैयाँ ब्याज आम्दानी गरेको संस्थाले यस वर्ष ३७ करोड ८७ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन १३.८४ प्रतिशत कम हो ।
चैत मसान्तसम्मको कम्पनीको सञ्चालन आम्दानी १३.५३ प्रतिशतले घटेको छ भने सञ्चालन नाफा ५८.४८ प्रतिशतले घटेको छ ।
यस अवधिमा कम्पनीको खराब कर्जा ७.६६ प्रतिशत बिन्दुबाट बढेर ६.२० प्रतिशत विन्दुमा पुगेको छ । यस अवधिसम्ममा लघुवित्तको वितरणयोग्य नाफा ३५ लाख १२ हजार रुपैयाँ रहेको छ ।
नाफा घटेसँगै संस्थाको प्रतिशेयर आम्दानी पनि घटेको छ । यस अवधिसम्म आइपुग्दा लघुवित्तको प्रतिसेयर आम्दानी ६.१३ रुपैयाँले घटेर ३.३६ रुपैयाँ कायम भएको छ भने प्रतिसेयर नेटवर्थ भने १५७.३८ रुपैयाँ देखिएको छ ।
चैत मसान्तसम्म ९१ करोड ७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ३४ करोड ७ लाख सञ्चिति छ । त्यस्तै रिटेन अर्निङ १७ करोड ६५ लाख रुपैयाँ रहेको छ ।
Advertisment