Below Menu
Below Menu

सन नेपाल लाइफ इन्स्योरेन्सको नाफा बढ्यो, प्रतिशेयर आम्दानी घट्यो 

सन नेपाल लाइफ इन्स्योरेन्सको नाफा बढ्यो, प्रतिशेयर आम्दानी घट्यो 

काठमाडौं : सन नेपाल लाइफ इन्स्योरेन्सले लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार इन्स्योरेन्सले ४९ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ११.०६ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले ४४ करोड ४५ लाख रुपैयाँ नाफा कमाएको थियो । 

चैत मसान्तसम्म आइपुग्दा कम्पनीको खुद बीमाशुल्क घटेपनि खुद नाफा बढेको हो । यस अवधिमा कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी ६०.५८ प्रतिशतले बढेर ६५ करोड २३ लाख रुपैयाँ पुगेको छ । जसले गर्दा नाफा बढेको हो । 

गत वर्षको सोही अवधिमा कम्पनीले लगानी तथा कर्जाबाट ४० करोड ६२ लाख रुपैयाँ आम्दानी गरेको थियो । साथै, इन्स्योरेन्सको कुल दाबी भुक्तानी रकम पनि १ अर्ब १५ करोड २८ लाख रुपैयाँबाट घटेर ८५ करोड ३४ लाख रुपैयाँमा आएको छ । 

साथै यस अवधिमा कम्पनीले २ अर्ब ४९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । बीमाशुल्क गत वर्षको सोही अवधिको तुलनामा ०.९८ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा इन्स्योरेन्सले २ अर्ब ५१ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । 

चैत मसान्तसम्म आइपुग्दा नाफा बढेपनि इन्स्योरेन्सको प्रतिशेयर आम्दानी भने घटेको छ यस अवधिमा इन्स्योरेन्सको इपीएस ५.८९ रुपैयाँ घटेर २०.५७रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १९४.११ रुपैयाँ रहेको छ ।

चैत मसान्तसम्म ३ अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको शेयर प्रिमियममा एक अर्ब २६ करोड रुपैयाँ, महाविपत्ती कोषमा १४ करोड २५ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा एक अर्ब २३ करोड ४१ लाख र अन्य इक्विटीमा ३६ करोड ७२ लाख रुपैयाँ सञ्चित छ ।
 

Advertisment

थप समाचार