Below Menu
Below Menu

सर्वोत्तम सिमेन्टको नाफा ३२.०३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ? 

सर्वोत्तम सिमेन्टको नाफा ३२.०३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ? 

काठमाडौं : सर्वोत्तम सिमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार यस अवधिमा कम्पनीले १२ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । 

उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ३२.०३ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीले ९ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 

समिक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी र अन्य आम्दानी बढेका कारण खुद नाफा बढ्न पुगेको हो । चैत मसान्त कम्पनीको बिक्री आम्दानी ४ अर्ब ५५ करोड ९० लाख रुपैयाँ रहेको छ । जुन गत आवको तुलनामा २५.१६ प्रतिशत बढी हो । 

त्यस्तै, यस अवधिमा कम्पनीको अन्य आम्दानी ७४०.१६ प्रतिशत बढेर ३ करोड ८ लाख रुपैयाँ पुगेको गत वर्ष यस्तो आम्दानी ३६ लाख ७० हजार रुपैयाँ रहेको थियो । त्यस्तै कम्पनीको कुल खर्च भने ४.७६ प्रतिशत बढेको छ । 

चैत मसान्तसम्म आइपुग्दा नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ । गत वर्ष ३.०१ रुपैयाँ रहेको प्रतिशेयर आम्दानी ४६ पैसा बढेर ३ रुपैयाँ ४६ पैसा पुगेको छ । त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ २१२ रुपैयाँ ७३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २४४.७९ गुणा रहेको छ ।

तेस्रो त्रैमाससम्म ४ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटीमा ४ अर्ब ९० करोड रुपैयाँ रहेको छ ।

Advertisment

थप समाचार