Below Menu
Below Menu

नेपाल रिपब्लिक मिडिया नोक्सानीमा, प्रतिशेयर आम्दानी पनि ऋणात्मक 

नेपाल रिपब्लिक मिडिया नोक्सानीमा, प्रतिशेयर आम्दानी पनि ऋणात्मक 

काठमाडौं : नेपाल रिपब्लिक मिडियाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार कम्पनीले यस अवधिमा ५२ लाख २६ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ । गत आवको सोही अवधिसम्ममा ३ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन कमाएको कम्पनीले यस वर्ष नोक्सानी व्यहोरेको हो । 

समिक्षा अवधिमा आम्दानी घटेपछि कम्पनीले नोक्सानी व्यहोर्नु परेको हो। गत वर्ष १५ करोड ९१ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले यस अवधिमा १३ करोड ५७ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन १४.७३ प्रतिशतले कम हो । कम्पनीको कुल नाफा १७.१२ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ६४.७७ प्रतिशत घटेको छ।

चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ७२ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ८७ रुपैयाँ ८१ पैसा रहेको छ। तेस्रो त्रैमासम्म ९६ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको सञ्चित नोक्सानी ५१ करोड ५० लाख रुपैयाँ रहेको छ।

Advertisment

थप समाचार