Below Menu
Below Menu

इम्पेरिमेन्ट चार्ज घट्दा लक्ष्मी लघुवित्तको नाफामा छलाङ 

इम्पेरिमेन्ट चार्ज घट्दा लक्ष्मी लघुवित्तको नाफामा छलाङ 

काठमाडौं : लक्ष्मी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार यस अवधिमा कम्पनीले ४ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । 

गत आवको सोही अवधिमा ९ करोड १७ लाख रुपैयाँ नोक्सानीमा रहेको कम्पनीले यस आवमा उल्लेख्य रुपमा नाफा बढाएको छ । 
समिक्षा अवधिमा कम्पनीको खराब कर्जा र इम्पेरिमेज्न्ट चार्ज घट्दा खुद नाफा बढ्न पुगेको हो । गत वर्ष १५ करोड ९ लाख रुपैयाँ रहेको संस्थाको इम्पेरिमेन्ट चार्ज घटेर यस आवमा एक करोड ५८ लाख रुपैयाँमा सिमित भएको छ । 

चैत मसान्त कम्पनीको सञ्चालन नाफा पनि उल्लेख्य रुपमा बढेको छ । गत वर्ष ९ करोड १९ लाख रुपैयाँ सञ्चालन नोक्सानमा रहेको संस्थाले यस अवधिमा ६ करोड ३४ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । 

यता संस्थाको खुद ब्याज आम्दानी भने १.९७ प्रतिशतले घटेको छ । गत वर्ष ९.४७ प्रतिशत रहेको संस्थाको खराब कर्जा घटेर ७.७६ प्रतिशतमा झरेको छ । यस अवधिमा संस्थाको वितरणयोग्य मुनाफा एक करोड ८९ लाख रुपैयाँ रहेको छ ।

चैत मसान्तसम्म आइपुग्दा नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ । गत वर्ष २७.७१ रुपैयाँ ऋणात्मक रहेका प्रतिशेयर आम्दानी बढेर १३.४१ रुपैयाँ पुगेको छ । त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ १८७ रुपैया ०४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६५.६ गुणा रहेको छ ।  

तेस्रो त्रैमाससम्म ४४ करोड १६ रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगोडा कोषमा ३८ करोड ४४ लाख रुपैयाँ सञ्चिति छ ।

Advertisment

थप समाचार