Below Menu
Below Menu

रिलायबल नेपाल लाइफको नाफा १९.०९ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी घट्यो 

रिलायबल नेपाल लाइफको नाफा १९.०९ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी घट्यो 

काठमाडौं : रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार इन्स्योरेन्सले ३४ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा १९.०९ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले २८ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको थियो । 

चैत मसान्तसम्म आइपुग्दा कम्पनीको खुद बीमा र खुद नाफा दुवै बढेको हो । यस अवधिमा कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी ४९.०४ प्रतिशतले बढेर ९७ करोड ४१ लाख रुपैयाँ पुगेको छ । जसले गर्दा नाफा बढेको हो । गत वर्षको सोही अवधिमा कम्पनीले लगानी तथा कर्जाबाट ६५ करोड ३६ लाख रुपैयाँ आम्दानी गरेको थियो । 

साथै यस अवधिमा कम्पनीले २ अर्ब ७३ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । बीमाशुल्क गत वर्षको सोही अवधिको तुलनामा ३.४२ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा इन्स्योरेन्सले २ अर्ब ६४ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । 

चैत मसान्तसम्म आइपुग्दा नाफा बढेपनि इन्स्योरेन्सको प्रतिशेयर आम्दानी भने घटेको छ यस अवधिमा इन्स्योरेन्सको इपीएस ३.८३ रुपैयाँ घटेर २०।५७९.७८ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १५५.७४ रुपैयाँ रहेको छ ।

चैत मसान्तसम्म ४ अर्ब ६४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको शेयर प्रिमियममा एक अर्ब ७५ करोड रुपैयाँ, महाविपत्ती कोषमा १५ करोड ४६ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ६६ करोड ४६ लाख र अन्य इक्विटीमा एक करोड ६८ लाख रुपैयाँ सञ्चित छ ।

Advertisment

थप समाचार