Below Menu
Below Menu

प्रभु महालक्ष्मी लाइफको करिब दुई लाख कित्ता शेयर बिक्रीमा 

प्रभु महालक्ष्मी लाइफको करिब दुई लाख कित्ता शेयर बिक्रीमा 

काठमाडौं : प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले करिब २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी सनराईज होल्डीङ्गस प्रालिको नाममा रहेको १ लाख ९० हजार ७०० कित्ता शेयर बिक्रीमा ल्याएको हो । 

उक्त शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन दिन पाउनेछन् । कम्पनीको शेयर खरिद गर्न ईच्छुक शेयरधनीहरूले ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ ।

तोकिएको उक्त समयभित्र संस्थापकहरूबाट शेयर खरिदका लागि कुनै आवेदन नपरेमा प्रचलित कानुन बमोजिम उक्त शेयर अन्य व्यक्ति वा संस्थाहरूलाई बिक्री गर्ने कम्पनीले जनाएको छ ।

Advertisment

थप समाचार