Below Menu
Below Menu

स्टार माइक्रो इन्स्योरेन्सले कमायो करिब एक करोड नाफा 

स्टार माइक्रो इन्स्योरेन्सले कमायो करिब एक करोड नाफा 

काठमाडौं : स्टार माइक्रो इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार कम्पनीले यस अवधिमा ९३ लाख २२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

त्यस्तै यस अवधिमा कम्पनीले एक करोड २३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ भने ४० लाख ४५ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।

चैत मसान्तसम्म ५२ करोड ५० लाख शेयर पूँजी भएको कम्पनीको स्पेसियल रिजर्भ शीर्षकमा ६८ लाख २६ हजार रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको रिटेण्ड अर्निङ्ग ६० लाख ६ हजार रुपैयाँ रहेको छ ।

Advertisment

थप समाचार