काठमाडौं : पिपुल्स पावर लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न विद्युत नियमन आयोग अनुमति पाएको छ । यसअघि आयोगले हकप्रद सम्बन्धी प्रस्ताव साधारण सभामा पेश गर्न अनुमति दिएको थियो ।
सभाबाट उक्त प्रस्ताव पारित भएपछि अब यस हाइड्रोपावरले हकप्रद जारी गर्न नेपाल धितोपत्र बोर्डको स्वीकृति लिनुपर्ने हुन्छ । बोर्डबाट अनुमति पाएपछि मात्र हकप्रद शेयर बिक्री खुला हुनेछ ।
यस कम्पनीले हाल कायम चुक्ता पुँजी ६३ करोड २६ लाख रुपैयाँको ५० प्रतिशत अर्थात, ३१ करोड ६३ लाख रुपैयाँ बराबरको हकप्रद शेयर बिक्री गर्नेछ । हकप्रद पश्चात यसको चुक्ता पुँजी ९४ करोड ८९ लाख रुपैयाँ पुग्नेछ ।
Advertisment