Below Menu
Below Menu

सिटिजन लाइफको लाभांश रद्द, शेयर कारोबार पनि रोक्का 

सिटिजन लाइफको लाभांश रद्द, शेयर कारोबार पनि रोक्का 

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सिटिजन्स लाइफको दोस्रो बजारको शेयर कारोबार रोकेको छ। धितोपत्र बजारको स्वच्छतामा आँच आएको भन्दै मंगलबार नेप्सेले कम्पनीको शेयर कारोबार रोकेको हो । 

सोमबार कम्पनीले पुँजी वृद्धि गर्न २६.९८ प्रतिशत बोनस शेयर र कर प्रयोजना लागि १.४२ प्रतिशत नगद लाभांश गरी कुल २८.४० प्रतिशत लाभांश घोषणा थियो ।

तर, नेपाल बीमा प्राधिकरणको अनुमति बिनै लाभांश प्रस्ताव गरेको भन्दै लाभांश रद्द गर्न निर्देशन दिएको थियो । प्राधिकरणको निर्देशन बमोजिम कम्पनीले मंगलबार घोषित लाभांश रद्द गरेको नेप्से मार्फत कम्पनी जनाएको छ । 


 

Advertisment

थप समाचार