काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २.०६ अंकले बढेर १९६०.८१ बिन्दुमा पुगेको हो । सोमबार नेप्से १५.६२ अंकले घटेर १९५८.७५ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १२० कम्पनीको शेयरमूल्य बढेको छ । भने ११४ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै ११ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा दुई अर्ब १४ करोड ५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा दुई अर्ब ८९ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज पोखरा फाइनान्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ८ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा हिमालयन लघुवित्त वित्तीय संस्था कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज बोटलर्स नेपाल (तराई) को शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको छ ।
Advertisment