काठमाडौं : हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी अर्थात (एचआईडिसिएल) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार यस अवधिमा कम्पनीले यस अवधमिा एक अर्ब ९ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।
उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ७.९२ प्रतिशत बढी हो । गत वर्षको सोही अवधिसम्ममा कम्पनीले एक अर्ब १ करोड रुपैयाँ नाफा कमाएको थियो ।
यस अवधमिा कम्पनीको आम्दानी बढेसँगै खुद नाफा पनि बढ्न पुगेको हो । चैत मसान्तसम्म आइपुग्दा कम्पनीको सम्झौताबाट हुने आम्दानी ६२.६८ प्रतिशतले बढेर एक करोड २६ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै यस अवधिमा कम्पनीको वित्तीय आम्दानी ०.९३ प्रतिशत बढेको छ भने अन्य आम्दानी २० हजारबाट बढेर १ करोड ८६ लाख रुपैयाँ पुगेको छ ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ । चैत मसान्तसम्म कम्पनीको प्रतिशेयर आम्दानी १८ पैसा बढेर ६.३८ रुपैयाँ पुगेको छ । त्यस्तै प्रतिशेयर नेटवर्थ ११२ रुपैयाँ २९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २६.२२ गुणा रहेको छ ।
तेस्रो त्रैमासम्म २२ अर्ब ७७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा २ अर्ब ७९ करोड रुपैयाँ सञ्चित छ ।
Advertisment