काठमाडौं : हिमालयन लाइफ इन्स्योरेन्सले लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार इन्स्योरेन्सले ४३ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ७.९९ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा कम्पनीले ४७ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको थियो ।
चैत मसान्तसम्म आइपुग्दा कम्पनीको खुद बीमा बढेको छ भने खुद नाफा घटेको हो । यस अवधिमा कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी १४.१० प्रतिशतले बढेर ४ अर्ब १२ करोड रुपैयाँ पुगेको छ ।
गत वर्षको सोही अवधिमा कम्पनीले लगानी तथा कर्जाबाट ३ अर्ब ६१ करोड ६४ लाख रुपैयाँ आम्दानी गरेको थियो । त्यस्तै यस अवधिमा कुृल आम्दानी १०.१४ प्रतिशतले बढेर १६ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ ।
समिक्षा अवधिमा कम्पनीको कुल खर्च बढेका कारण नाफा प्रभावित बनेको हो । चैत मसान्तसम्म आइपुग्दा कम्पनीको कुल खर्च १०.७३ प्रतिशतले बढेर १६ अर्ब २६ करोड रुपैयाँ पुगृेको छ ।
साथै यस अवधिमा कम्पनीले २२ अर्ब २ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । बीमाशुल्क गत वर्षको सोही अवधिको तुलनामा ८.४१ प्रतिशतले बढी । गत आवको सोही अवधिमा इन्स्योरेन्सले ११ अर्ब ९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
चैत मसान्तसम्म आइपुग्दा नाफा घटेसँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि घटेको छ यस अवधिमा इन्स्योरेन्सको इपीएस ०.९३ रुपैयाँ घटेर ७.२४ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १२४.२५ रुपैयाँ रहेको छ ।
चैत मसान्तसम्म ८ अर्ब २ करोड रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको महाविपत्ती कोषमा ४१ करोड ६२ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा एक अर्ब ३२ करोड ९२ लाख र अन्य इक्विटीमा १९ करोड ९२ लाख रुपैयाँ सञ्चित छ ।
Advertisment