Below Menu
Below Menu

आजसम्म कायम शेयरधनीले पाउँछन् सन नेपाल लाइफको लाभांश 

आजसम्म कायम शेयरधनीले पाउँछन् सन नेपाल लाइफको लाभांश 

काठमाडौं : सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनका लागि बैशाख २७ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ कम्पनीको लाभांश हात पार्न आजसम्म शेयरधनी बनिसक्नुपर्नेछ ।

यस कम्पनीले गत आर्थिक वर्षको नाफाबाट २३.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

उक्त लाभांश पारित गर्न कम्पनीले जेठ ९ गते वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा अमृतभोग केटरर्स कालिकास्थान, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ । 

साथै, उक्त बोनस सेयर वितरणपछि कायम हुने पुँजीमा २७ प्रतिशत अथाृत १ः०.२७ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि पारित गर्ने  छ । यस्तै, आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गर्ने, लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

Advertisment

थप समाचार