Below Menu
Below Menu

आईजीआई प्रुडेन्सियलको नाफा १८१.०४ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

आईजीआई प्रुडेन्सियलको नाफा १८१.०४ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

काठमाडौं : आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार इन्स्योरेन्सले ४६ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा १८१.०४ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले १६ करोड ६३ लाख रुपैयाँ नाफा कमाएको थियो । 

चैत मसान्तसम्म आइपुग्दा इन्स्योरेन्सको खुद बीमाशुल्क आम्दानीसँगै कमिसन र लगानी तथा कर्जाबाट हुने आम्दानी बढेका कारण खुद नाफा उल्लेख्य बढेको हो । 

यस अवधिमा कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी २६३.२० प्रतिशतले बढेर ४९ करोड ६४ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले लगानी तथा कर्जाबाट १३ करोड ६६ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

त्यस्तै यस अवधिमा बीमाशुल्क आम्दानी ८८.२६ प्रतिशतले बढेर ८६ करोड ७३ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यस्तो शुल्क ४६ करोड ७ लाख रुपैयाँ रहेको थियो । 

गत वर्ष १७ करोठ ९४ लाख रुपैयाँ रहेको इन्स्योरेन्सको कमिसन आम्दानी बढेर ३घ करोड ७८ लाख रुपैयाँ पुगृेको छ । त्यस्तै यस अवधिमा कुल आम्दानी ११९.१९ प्रतिशतले बढेको छ भने कुल खर्च ९१.९२ प्रतिशतले बढेको छ । 
 ।

साथै यस अवधिमा कम्पनीले ८६ करोड ७३ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत आवको सोही अवधिमा इन्स्योरेन्सले ४६ करोड ७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । 

चैत मसान्तसम्म आइपुग्दा नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि बढेको  छ । यस अवधिमा इन्स्योरेन्सको इपीएस ८.२८ रुपैयाँ बढेर २०.५८ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १८१.९२ रुपैयाँ रहेको छ ।

चैत मसान्तसम्म तीन अर्ब २ करोड ९३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको स्पेशल रिजर्भमा एक अर्ब ६५ करोड रुपैयाँ, रिटेन्ड अर्निङ्गमा २७ करोड ९७ लाख र अन्य इक्विटीमा ४६ करोड ९९ लाख रुपैयाँ सञ्चित छ ।


 

Advertisment

थप समाचार