Below Menu
Below Menu

धितोमुखी ऋण प्रणाली नै अहिलेको समस्या: युवराज खतिवडा

धितोमुखी ऋण प्रणाली नै अहिलेको समस्या: युवराज खतिवडा

काठमाडौं : नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर डा.युवराज खतिवडाले जग्गा मात्र हेरेर ऋण दिदा वित्तीय प्रणालीमा अहिले समस्या आएको बताएका छन् । नेफस्कूनले आयोजना गरेको लेखा सुपरिवेक्षण समितिको दोस्रो राष्ट्रिय गोष्ठीमा बोल्दै उनले धितोमुखी ऋण प्रणाली नै अहिलेको समस्या भएको बताए ।

धितोमुखी भन्दा पनि प्रतिफल दर हेरेर ऋण लगानी गर्न सक्दा असुलीमा समस्या नहुने र अर्थतन्त्रलाई टेवा पुग्ने उनको दावी छ । बैक तथा वितीय संस्थासँगै सहकारीले पनि घर जग्गामा लगानी गर्दा समस्या आएको उनको धारणा छ ।

बैंक तथा वित्तीयले संस्थामा २० प्रतिशत तरलता राखेका हुन्छन् तर सहकारीले भने तरलता नै नराखी लगानी गर्दा बचत फिर्तामा समस्या भएको उनले जनाए । सहकारीले शेयर पुँजीको १५ प्रतिशतसम्म बचत संकलन गर्न पाउने व्यवस्था ऐनमा भए पनि त्यसको पालना नहुँदा पनि तरलता व्यवस्थापनमा  समस्या भएको उनको धारणा छ ।

कतिपय संस्थाले एउटै सदस्यबाट अधिक बचत लिदा पनि  बचत फिर्तामा समस्या आएको उनले सुनाए ।  सदस्यले सहकारी संस्थाका सञ्चालकलाई नियन्त्रण गर्नु पर्ने भए पनि त्यो हुन नसक्दा सञ्चालकहरुमा अरजक्ता बढेको उनको दावी छ । आफुले आफैलाई शासन गर्न नसकेपछि  अब सहकारीमा अर्काले शासन गर्ने खतिवडाको भनाई छ ।

बैंकमा ग्राहकले राखेको निक्षेपको सुरक्षा भए पनि सहकारीमा त्यो हुन नसक्दा समस्या आएको उनले जनाए । सहकारी ऐनमा भएको व्यवस्था अनुसार बचत तथा कर्जा सुरक्षण कोष सञ्चालनमा आउन सकेको भए सहकारीमा गरेको स सानो बचत सुरक्षित हुने र सदस्यको विश्वास बढ्ने उनको अनुभव छ ।

सरकारले कानुन पालना गर्ने कुरामा सम्झौता गर्न नहुने भन्दै उनले यस्तो स्थितिले वित्तीय प्रणाली अगाडी बढाउन समस्या हुने बताए । सरकारले सहकारी ऐनमा भएको व्यवस्था लागू गर्नु पर्ने र त्यसका लागि आवश्यक नीति नियम बनाउनु पर्नेमा उनले जोड दिए । सम्भब भए संसद र नभए अध्यादेशबाट भए पनि कानुन ल्याएर  सहकारीलाई सहजीकरण गरिदिनु पर्ने खतिवडाले बताए ।

Advertisment

थप समाचार