काठमाडौं : साताको चौथो कारोबार दिन बधबार (आज) शेयर बजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १.८० अंकले घटेर १९५९.०१ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से २.०६ अंकले बढेर १९६०.८१ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १०८ कम्पनीको शेयरमूल्य बढेको छ । भने १२६ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै ९ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटे पनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । आज बजारमा दुई अर्ब ५० करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा दुई अर्ब १४ करोड ५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ८ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा इन्फिनीटी लघुवित्त वित्तीय संस्था कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज कुमारी सबल योजनाको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
Advertisment