Below Menu
Below Menu

राष्ट्रिय बीमा कम्पनीको नाफासँगै घट्यो प्रतिशेयर आम्दानी 

राष्ट्रिय बीमा कम्पनीको नाफासँगै घट्यो प्रतिशेयर आम्दानी 

काठमाडौं : राष्ट्रिय बीमा कम्पनीले लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार इन्स्योरेन्सले ५१ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा २४.७८ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा कम्पनीले ६८ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको थियो । 

चैत मसान्तसम्म आइपुग्दा इन्स्योरेन्सको कमिसन र लगानी तथा कर्जाबाट हुने आम्दानी घटेका कारण खुद नाफा घटेको हो । 

यस अवधिमा कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी १०.२८ प्रतिशतले घटेर ६८ करोड २६ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले लगानी तथा कर्जाबाट ७६ करोड ९ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

गत वर्ष १७ करोड १८ लाख रुपैयाँ रहेको इन्स्योरेन्सको कमिसन आम्दानी घटेर १४ करोड १५ लाख रुपैयाँ पुगेको छ । त्यस्तै यस अवधिमा कुल आम्दानी २३.१९ प्रतिशतले घटेको छ भने कुल खर्च २३.२० प्रतिशतले घटेको छ । 
 ।

साथै यस अवधिमा कम्पनीले एक अर्ब १५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । जुन ४२.९२ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा इन्स्योरेन्सले २ अर्ब २ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । 

चैत मसान्तसम्म आइपुग्दा नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि घटेको   छ । यस अवधिमा इन्स्योरेन्सको इपीएस ६३.७९ रुपैयाँ घटेर १९३.६५ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १६११.२९रुपैयाँ रहेको छ ।

चैत मसान्तसम्म २६ करोड ६६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको स्पेशल रिजर्भमा ३ अर्ब ३१ करोड रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ३ अर्ब ५६ करोड ८३ लाख र अन्य इक्विटीमा ९ अर्ब ९१ करोड ८८ लाख रुपैयाँ सञ्चित छ ।
 

Advertisment

थप समाचार