Below Menu
Below Menu

प्रभु महालक्ष्मी लाइफको व्यापारमा उल्लेख्य वृद्धि, ३८.७५ प्रतिशतले बढ्यो नाफा  

प्रभु महालक्ष्मी लाइफको व्यापारमा उल्लेख्य वृद्धि, ३८.७५ प्रतिशतले बढ्यो नाफा  

काठमाडौं : प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार इन्स्योरेन्सले २६ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ३८.७५ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले १९ करोड ३८ लाख रुपैयाँ नाफा कमाएको थियो । 

चैत मसान्तसम्म आइपुग्दा इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन र लगानी तथा कर्जाबाट हुने आम्दानी बढेका कारण खुद नाफा बढेको हो ।  

यस अवधिमा कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी १२४.७८ प्रतिशतले बढेर ८४ करोड १७ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले लगानी तथा कर्जाबाट ३४ करोड ४४ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

गत वर्ष एक अर्ब ४६ करोड १२ लाख रुपैयाँ रहेको इन्स्योरेन्सको खुद बीमाशुल्क १०२.८४ प्रतिशतले बढेर २ अर्ब ९६ करोड ४० लाख रुपैयाँ पुगेको छ । त्यस्तै यस अवधिमा कुल आम्दानी १०९.५ प्रतिशतले बढेको छ भने कुल खर्च ११७.२१ प्रतिशतले बढेकोे छ । 

साथै यस अवधिमा कम्पनीले तीन अर्ब ६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । जुन गत वर्षको तुलनामा ९९.५३ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा इन्स्योरेन्सले एक ५३ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।

चैत मसान्तसम्म आइपुग्दा नाफा बढेपनि इन्स्योरेन्सको प्रतिशेयर आम्दानी भने  घटेको छ । यस अवधिमा इन्स्योरेन्सको इपीएस ४.५७ रुपैयाँ घटेर ८.३५ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १२३.३५रुपैयाँ रहेको छ ।

चैत मसान्तसम्म ४ अर्ब २९ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको महाविपत्ति कोषमा ८ करोड ७६ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ७५ करोड ५५ लाख र अन्य इक्विटीमा १२ करोड ३२ लाख रुपैयाँ सञ्चित छ ।
 

Advertisment

थप समाचार