Below Menu
Below Menu

साल्ट ट्रेडिङ कर्पोरेसन कमायो ५ करोड बढी नाफा, प्रतिशेयर आम्दानी कति ?  

साल्ट ट्रेडिङ कर्पोरेसन कमायो ५ करोड बढी नाफा, प्रतिशेयर आम्दानी कति ?  

काठमाडौं : साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार कम्पनीले यस अवधमिा ५ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ४० प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा होटलले ३ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको थियो । 

चैत मसान्तसम्म आइपुग्दा कम्पनीको सञ्चालन आम्दानी र अन्य स्रोतबाट हुने आम्दानी बढेका कारण नाफा बढेको हो ।

यस अवधिमा कम्पनीको आम्दानी ३ अर्ब ६८ करोड रुपैयाँ अर्थात ६३.७७ प्रतितशले बढेर ९ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । गत वर्ष यस्तो आम्दानी ५ अर्ब करोेड रुपैयाँ रहेको थियो । 

त्यस्तै चैत मसान्तसम्म आइपुग्दा कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी ५ प्रतिशत अर्थात १३ करोड रुपैयाँल बढेर २ करोड ७३ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यस्तो आम्दानी २ करोड ६० लाख रुपैयाँ रहेको थियो । 

चैत मसान्तसम्म कम्पनीको प्रतिशेयर आम्दानी २१.६० रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ २८९.५५ रुपैयाँ रहेको छ ।
चैत मसान्तसम्म ३२ करोड ७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा एक अर्ब ३१ करोड रुपैयाँ सञ्चिति छ ।
 

Advertisment

थप समाचार