Below Menu
Below Menu

आम्दानी बढेपछि हाथवे इन्भेष्टमेन्टकाे नाफा धनात्मक 

आम्दानी बढेपछि हाथवे इन्भेष्टमेन्टकाे नाफा धनात्मक 

काठमाडौं : हाथवे इन्भेष्टमेन्ट नेपालले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार यस अवधमिा कम्पनीले ७ करोड ५० लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा एक करोड २२ लाख रुपैयाँ नोक्सानीमा रहेको थियो । चैत मसान्तसम्म कम्पनीको आम्दानी उल्लेख्य बढ्दा नाफा धनात्मक भएको हो । 

यस अवधिमा कम्पनीको सञ्चालन आम्दानी २३ करोड ३९ लाख रुपैयाँ रहेको छ। जुन गत आवको सोही अवधिको तुलनामा १०४.६४ प्रतिशत बढी हो। गत वर्षको सोही अवधिसम्ममा कम्पनीको सञ्चालन आम्दानी ११ करोड ४३ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ८९.२० प्रतिशत बढेको छ भने कुल खर्च १२.४३ प्रतिशत घटेको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ८९ पैसा, प्रतिशेयर नेटवर्थ ७७ रुपैयाँ ६२ पैसा र मूल्य आम्दानी अनुपात २२२।०३ गुणा रहेको छ।

तेस्रो त्रैमाससम्म १ अर्ब २८ करोड ७० लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङ्ग ३६ करोड ३२ लाख रुपैयाँ रहेको छ।

Advertisment

थप समाचार