Below Menu
Below Menu

मर्जरपछि नेरुडे लघुवित्तको नाफामा छलाङ, प्रतिशेयर आम्दानी कति ?  

मर्जरपछि नेरुडे लघुवित्तको नाफामा छलाङ, प्रतिशेयर आम्दानी कति ?  

काठमाडौं : नेरुडे लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार यस अवधिमा कम्पनीले १९ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । 

उक्त नाफा गत आवको सोही अवधिको तुलनामा २०१.८६ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा संस्थाले ६ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चलन नाफा बढेका कारण नाफा बढेको हो । चैत मसान्तसम्म आइपुग्दा संस्थाको खुद ब्याज आम्दानी १६१.८७ प्रतिशत र सञ्चालन नाफा १७५.१० प्रतिशतले बढेको छ । 

गत वर्ष ९.७८ प्रतिशत रहेको संस्थाको खराब कर्जा बढेर १२.६९ प्रतिशत पुगेको  छ । यस अवधिमा संस्थाको वितरणयोग्य मुनाफा १२ करोड ९० लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

चैत मसान्तसम्म आइपुग्दा नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ । गत वर्ष २१.९८ रुपैयाँ रहेको प्रतिशेयर आम्दानी बढेर ३२.८१ रुपैयाँ पुगेको छ । त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ १७८ रुपैयाँ ५८ पैसा रहेको छ ।  

तेस्रो त्रैमाससम्म एक अर्ब ३९ करोड १६ रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगोडा कोषमा एक अर्ब २२ करोड ७४ लाख रुपैयाँ सञ्चिति छ । 

नेरुडे लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज भई गत फागुन ३० गतेदेखि नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको नाममा एकीकृत कारोबार शुरु भएको हो । 
 

Advertisment

थप समाचार