काठमाडौं : स्वरोजगार लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार यस अवधिमा कम्पनीले ७ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ४०.३० प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा संस्थाले ५ करोड २१ लाख रुपैयाँ नाफा कमाएको थियो ।
समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेका कारण नाफा बढेको हो । चैत मसान्तसम्म आइपुग्दा संस्थाको खुद ब्याज आम्दानी ०.४५ प्रतिशत र सञ्चालन नाफा ५९.५३ प्रतिशतले बढेको छ ।
गत वर्ष ६.६३ प्रतिशत रहेको संस्थाको खराब कर्जा घटेर ५.७२ प्रतिशत पुगेको छ । यस अवधिमा संस्थाको वितरणयोग्य मुनाफा ५ करोड ७० लाख रुपैयाँ रहेको छ ।
चैत मसान्तसम्म आइपुग्दा नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ । गत वर्ष १३.५३ रुपैयाँ रहेको प्रतिशेयर आम्दानी बढेर १४.५४ रुपैयाँ पुगेको छ । त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ १७८ रुपैयाँ ५८ पैसा रहेको छ ।
तेस्रो त्रैमाससम्म ६७ करोड ११ रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगोडा कोषमा २१ करोड रुपैयाँ सञ्चिति छ ।
Advertisment