काठमाडौं : किसान लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार यस अवधिमा कम्पनीले २ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
उक्त नाफा गत आवको सोही अवधिको तुलनामा २५१.५९ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा संस्थाले ६४ लाख ६६ हजार रुपैयाँ नाफा कमाएको थियो ।
समिक्षा अवधिमा कम्पनीको सञ्चालन नाफा बढेका कारण नाफा बढेको हो । चैत मसान्तसम्म आइपुग्दा संस्थाको खुद ब्याज आम्दानी १३.७० प्रतिशतले घटेको छ । यता सञ्चालन नाफा २६४.३८ प्रतिशतले बढेका काराण् नाफामा उल्लेख्य वृद्धि भएको हो ।
गत वर्ष ५.९६ प्रतिशत रहेको संस्थाको खराब कर्जा बढेर ६.४७ प्रतिशत पुगेको छ । यस अवधिमा संस्थाको वितरणयोग्य मुनाफा ३ करोड २३ लाख रुपैयाँ रहेको छ ।
चैत मसान्तसम्म आइपुग्दा नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ । गत वर्ष १.७१ रुपैयाँ रहेको प्रतिशेयर आम्दानी बढेर ६.०१ रुपैयाँ पुगेको छ । त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ २६ पैसा रहेको छ ।
तेस्रो त्रैमाससम्म ५० करोड ४३ रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगोडा कोषमा १२ करोड ४ लाख रुपैयाँ सञ्चिति छ ।
Advertisment