Below Menu
Below Menu

नाफासँगै घट्यो गणपति लघुवित्तको प्रतिशेयर आम्दानी 

नाफासँगै घट्यो गणपति लघुवित्तको प्रतिशेयर आम्दानी 

काठमाडौं : गणपति लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार यस अवधिमा कम्पनीले ८५ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । 

उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ४२.५१ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा संस्थाले एक करोड ६१ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेका कारण नाफा घटेको हो । चैत मसान्तसम्म आइपुग्दा संस्थाको खुद ब्याज आम्दानी ९.९६ प्रतिशत र सञ्चालन नाफा ४१.६२ प्रतिशतले घटेको छ ।

गत वर्ष ३.५५ प्रतिशत रहेको संस्थाको खराब कर्जा बढेर ४.९४ प्रतिशत पुगेको  छ । यस अवधिमा संस्थाको वितरणयोग्य मुनाफा १५ लाख ७६ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।

चैत मसान्तसम्म आइपुग्दा नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि सामान्य घटेको छ । गत वर्ष १३.१३ रुपैयाँ रहेको प्रतिशेयर आम्दानी घटेर ७.५५ रुपैयाँ पुगेको छ । त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ ३ पैसा रहेको छ ।  

तेस्रो त्रैमाससम्म १५ करोड १५ रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगोडा कोषमा ७ करोड ३५ लाख रुपैयाँ सञ्चिति छ ।
 

Advertisment

थप समाचार