काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५.६३ अंकले बढेर १९६६.२३ बिन्दुमा पुगेको हो । बुधबार नेप्से १.८० अंकले घटेर १९५९.०१ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ११५ कम्पनीको शेयरमूल्य बढेको छ । भने ११५ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै १४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा तीन अर्ब १२ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा दुई अर्ब ५० करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज नेपाल फाइनान्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १६ करोड ९७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा ओरियन्टल होटल रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले बढेको हो । आज कुमारी सबल योजनाको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको छ ।
Advertisment