Below Menu
Below Menu

युनिलिभर नेपालले कमायो साढे ४८ करोड नाफा, प्रतिशेयर आम्दानी कति ? 

युनिलिभर नेपालले कमायो साढे ४८ करोड नाफा, प्रतिशेयर आम्दानी कति ? 

काठमाडौं : युनिलिभर नेपालले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार कम्पनीले यस अवधिमा ४८ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ३०.४६ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले ३७ करोड २६ लाख रुपैयाँ नाफा कमाएको थियो । 

चैत मसान्तसम्म आइपुग्दा कम्पनीको सञ्चालन आम्दानी बढेको छ । यसका साथै कम्पनीको वित्तीय खर्च घटेका कारण नाफा बढेको हो । 

यस अवधिमा कम्पनीको सञ्चालन आम्दानी १.५२ प्रतिशतले बढेर ११ अर्ब ९९ करोड २७ लाख रुपैयाँ पुगेको छ । गत वर्ष एक अर्ब ९६ करोड रुपैयाँ आम्दानी गरेको थियो ।  

त्यस्तै चैत मसान्तसम्म आइपुग्दा कम्पनीको वित्तीय खर्च एक अर्ब ५४ करोड रुपैयाँबाट घटेर एक अर्ब ४५ करोड रुपैयाँमा झरेको छ ।

चैत मसान्तसम्म आइपुग्दा नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको । यस अवधिमा कम्पनीको इपीएस ५० रुपैयाँले बढेर २ हजार २०२ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ ३ हजार १६२ रुपैयाँ रहेको छ ।

चैत मसान्तसम्म ९ करोड २१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिटेन अर्निङमा ४ अर्ब १६ करोड रुपैयाँ जम्मा छ । 
 

Advertisment

थप समाचार