काठमाडौं : साना किसान विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार यस अवधिमा कम्पनीले ५३ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ९.०२ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा संस्थाले ५८ लाख ७६ हजार रुपैयाँ नाफा कमाएको थियो ।
समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी बढे पनि इम्पेरिमेन्ट चार्ज बढेका कारण नाफामा असर परेको हो । गत वर्ष १६ करोड ३६ लाख रुपैयाँ रहेको संस्थाको इम्पेरिमेन्ट चार्ज बढेर ४६ करोड ७९ लाख रुपैयाँ पुगेको छ ।
चैत मसान्तसम्म आइपुग्दा संस्थाको खुद ब्याज आम्दानी २८.३८ प्रतिशतले बढेको । यता सञ्चालन नाफा ०.२८ प्रतिशतले घटेको छ ।
गत वर्ष २ प्रतिशत रहेको संस्थाको खराब कर्जा बढेर २.४१ प्रतिशत पुगेको छ । यस अवधिमा संस्थाको वितरणयोग्य मुनाफा एक अर्ब ५४ करोड ३५ लाख रुपैयाँ रहेको छ ।
चैत मसान्तसम्म आइपुग्दा नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि सामान्य घटेको छ । गत वर्ष ३९.७५ रुपैयाँ रहेको प्रतिशेयर आम्दानी घटेर १८.७३ रुपैयाँ पुगेको छ । त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ २३९रुपैयाँ ७१ पैसा रहेको छ ।
तेस्रो त्रैमाससम्म तीन अर्ब ८० करोड ६३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ३ अर्ब ७५ करोड ६० लाख रुपैयाँ सञ्चिति छ ।
Advertisment