काठमाडौं : छिमेक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार यस अवधिमा कम्पनीले ६४ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
उक्त नाफा गत आवको सोही अवधिको तुलनामा २६.९० प्रतिशतले कम हो । गत आवको सोही अवधिमा संस्थाले ८८ लाख ६ हजार रुपैयाँ नाफा कमाएको थियो ।
समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेका कारण नाफा घटेको हो । गत वर्ष २२ करोड ७३ लाख रुपैयाँ रहेको संस्थाको इम्पेरिमेन्ट चार्ज बढेर ४१ करोड ४७ लाख रुपैयाँ पुगेको छ ।
चैत मसान्तसम्म आइपुग्दा संस्थाको खुद ब्याज आम्दानी २.८५ प्रतिशतले घटेको छ भने सञ्चालन नाफा २७.३७ प्रतिशतले घटेको छ ।
गत वर्ष १.१९ प्रतिशत रहेको संस्थाको खराब कर्जा बढेर ३.०४ प्रतिशत पुगेको छ । यस अवधिमा संस्थाको वितरणयोग्य मुनाफा एक अर्ब ४५ करोड १२ लाख रुपैयाँ रहेको छ ।
चैत मसान्तसम्म आइपुग्दा नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि सामान्य घटेको छ । गत वर्ष ४१.४१ रुपैयाँ रहेको प्रतिशेयर आम्दानी घटेर २८.८३ रुपैयाँ पुगेको छ । त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ २३७ रुपैयाँ ३ पैसा रहेको छ ।
तेस्रो त्रैमाससम्म २ अर्ब ९७ करोड ७१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा २ अर्ब ५९ करोड ५५ लाख रुपैयाँ सञ्चिति छ ।
Advertisment