काठमाडौं : सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले सहकारीमा समस्या समाधानमा निरन्तर लागि परेको बताएका छन् । नेपाल सहकारी पत्रकार समाजले आयोजना गरेको सहकारी पत्रकारिता तालिम कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘केही सहकारीमा समस्या आएको छ । सरकारले पनि यसलाई सम्बोधन गर्नुपर्छ भनेर पहल गर्दै आएको छ । बचतकर्ताहरुले दुःख गरेर जम्मा गरेको पैसाका लागि हार गुहार गरिरहेका छन् । सरकारले समिति गठन गरी आशातित रुपमा सहकारीका समस्या समाधानका लागि लागि परेको छ,’ उनले भने ।
सहकारीलाई माध्यम बनाएर कानुनको परिपालना नगरी ऐन विपरीत चल्ने प्रयास भएको उनको भनाई छ । ‘सहकारीलाइ माध्यम बनाएर अपचलन गर्ने काम भयो । त्यसलाई रोक्न हामी लागि रहेका छौं,’ उनले भने । साथै उनले सहकारी क्षेत्र अर्थतन्त्रको खम्बा रहेको बताउँदै उनले समाजवादको आधारशिला भएको बताए ।
‘सहकारीमा नजोडिने मान्छे हुँदैनन । नेपालमा सहकारी अैचो पैचोमा चलेका छन्’ उनले भने ।
Advertisment