Below Menu
Below Menu

अस्वस्थ बचत संकलनको होडबाजीले सहकारीमा समस्याः रजिष्ट्रार घिमिरे

अस्वस्थ बचत संकलनको होडबाजीले सहकारीमा समस्याः रजिष्ट्रार घिमिरे

काठमाडौं : सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले अस्वस्थ बचत संकलनको होडबाजीले सहकारीमा समस्या आएको बताएका छन् । सहकारी पत्रकार समाजले आयोजना गरेको सहकारी पत्रकारीता तालिममा कार्यपत्र प्रस्तुत गर्दै उनले सहकारी क्षेत्र अपेक्षित रुपमा उत्पादन केन्द्रीत, व्यवसायिक र उद्यमशीलतासँग जोडिन नसकेको बताए । 

सहकारी क्षेत्रको वर्तमान अवस्था र ऐन नियमन कार्यान्वनमा सहकारी विभागको भूमिका कार्यपत्र प्रस्तुत गर्दै उनले केही सहकारी संस्थाहरुले वचतकर्ता सदस्यहरुको वचत रकम सर्त बमोजिम फिर्ता गर्न नसक्दा समग्र सहकारी प्रति जनसाधारणको विस्वासमा कमी आएको बताए । 

सहकारीलाइ पूँजी जम्मा गर्ने माध्यम मात्र बनाएको र यसरी संकलन गरेको पूँजी सदस्यको आय आर्जन तथा उत्पादन एवम् व्यावसायमा उपयोग नगरी आफू, आफ्ना आफन्त एवम् व्यावसायिक साझेदारका व्यवसायमा लगानी गरेको उनको भनाई छ । 

सहकारी क्षेत्र अपेक्षित रुपमा उत्पादन केन्द्रित, व्यवसायिक र उध्यमशिलतासँग जोडिन नसकेको बताउँदै उनले अस्वस्थ बचत संकलनको होडवाजी, गैरविवेकपूर्णर नियम विपरित लगानी बढेको बताए । 

सहकारी सञ्चालक एवम् पदाधिकारीहरुको आफ्ना सदस्य प्रतिको जिम्मेवारी, उत्तरदायित्व एवम् जवाफदेहितामा कमी, सैद्धान्तिक विचलन (नैतिक मुल्य मान्यता, सदाचारिता, इमान्दारिता), सहकारी क्षेत्रमा राजनीतिकरण हुँदा सहकारीमा समस्या आएकाे उनले बताए । 

सहकारी शिक्षा, तालिम तथा प्रशिक्षणको अप्रभावकारिता, सहकारी प्रतिको समान बुझाईको अभाव, सहकारी क्षेत्रमा प्रभावकारी नियमन तथा सुपरिवेक्षणको सीमितता रहेको उनको भनाई छ ।

अर्थतन्त्रको प्रणालीगत कारण 

’कोभिड–१९ महामारी, वन्दावन्दी पछिको व्यवसायिक शिथिलता, विप्रेषण आप्रवाहमा उतारचढाव, अन्तराष्ट्रिय क्षेत्रमा द्वन्द र तनाव लगायतका कारण अर्थतन्त्रमा आएको संकुचन, पूँजीगत खर्चमा कमी, सहकारीको भाका नाघेको कर्जा मापनको स्थापित प्रणालीको अभाव रहेका छन् ।

अर्थतन्त्रको गैरप्रणालीगत कारण

सहकारीको छवि र विस्वास क्रमसः गिर्दै जानु, सहकारी क्षेत्रमा अनुशासन र नैतिक अभ्यासको कमी, खराव कर्जाको वढोत्तरी, अनुत्पादनक स्थिर सम्पत्तिमा वढ्दो लगानी, कर्जा प्रवाह पुर्व उचित वित्तीय विश्लेषणको अभाव, गुणस्तरीय धितो विना कर्जा प्रवाह, कर्जा असुलीमा कम चासो रहेको छ ।

त्यस्तै स्वार्थ बाझ्नेगरी गरिएको लगानी समस्यामा पर्नु, गुणस्तरको आधारमा कर्जाको वर्गिकरण नहुनु, ऋण जोखिम कोषको प्रयाप्ततामा ध्यान नदिनु, नियमित वित्तीय स्वास्थ्य जाँच नहुनु, तरलता आदि। व्यवस्थापन नहुनु, सेवाभाव स्खलित भई छिटो कमाउने प्रवृत्ति हावी हुनु पनि सहकारीका समस्या रहेका छन् । 

नीतिगत कारण

सरकारका क्षेत्रगत नीतिहरुमा परिवर्तन हुँदाको असर, ऐन नियममा भएका संस्थागत संरचना कार्यान्वयनमा नआउनु, सुपरिवेक्षण नियमनको राष्ट्रिय मापदण्ड र यसको अप्रभावकारिता, अन्तरसहकारी कारोबार, साझा वन्धनमा कमी, अप्रभावकारी सहकारी शिक्षा, संख्यात्मक वृद्दि सँगै गुणस्तरियतामा ध्यान नजानु । कार्यक्षेत्र विस्तार र अतिक्रमण, सहकारी ऐन र अन्य केही विषयगत ऐनमा असामान्जस्यता, सहकारी संस्थाको वचत तथा ऋण परिचालनको क्षेत्रका विध्यमान नीतिगत विसङ्गतीहरु रहेका छन् । 

व्यवस्थापकीय कमजोरी

दक्ष जनशक्तिको अभाव, प्रशासनिक खर्चमा मितव्ययिताको कमी, कमजोर अभिलेख व्यवस्थापन, सूचना प्रविधिको कमजोर उपयोग, पारदर्शिता र र व्यवस्थापकीय कौशलताको अभाव रहेका छन् ।
 

Advertisment

थप समाचार