Below Menu
Below Menu

नेपाल लाइफको नाफा ६० करोडमाथि, इपीएस कति ? 

नेपाल लाइफको नाफा ६० करोडमाथि, इपीएस कति ? 

काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार इन्स्योरेन्सले ६० करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा २२.२१ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले ४९ करोड १२ लाख रुपैयाँ नाफा कमाएको थियो । 

चैत मसान्तसम्म आइपुग्दा इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन र लगानी तथा कर्जाबाट हुने आम्दानी बढेका कारण खुद नाफा बढेको हो ।  

यस अवधिमा कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी ९.६५ प्रतिशतले बढेर १० अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले लगानी तथा कर्जाबाट ९ अर्ब ९६ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

गत वर्ष २६ अर्ब ८४ करोड १२ लाख रुपैयाँ रहेको इन्स्योरेन्सको खुद बीमाशुल्क ८.५० प्रतिशतले बढेर २९ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । त्यस्तै यस अवधिमा कुल आम्दानी ९.१४ प्रतिशतले बढेको छ भने कुल खर्च ८.५९ प्रतिशतले बढेकोे छ । 

चैत मसान्तसम्म आइपुग्दा नाफा बढसँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि बढेको छ । यस अवधिमा इन्स्योरेन्सको इपीएस १.८ रुपैयाँ बढेर ९.८ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १४८.६५ रुपैयाँ रहेको छ ।

चैत मसान्तसम्म ८ अर्ब २० करोड ७९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको महाविपत्ति कोषमा एक अर्ब ११ करोड ७६ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा २ अर्ब २९ करोड र अन्य इक्विटीमा ५४ करोड १२ लाख रुपैयाँ सञ्चित छ ।

Advertisment

थप समाचार