Below Menu
Below Menu

नाफासँगै बढ्यो नेपाल टेलिकमको प्रतिशेयर आम्दानी 

नाफासँगै बढ्यो नेपाल टेलिकमको प्रतिशेयर आम्दानी 

काठमाडौ : नेपाल टेलिकमले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार कम्पनीले यस अवधिमा ५ अर्ब ५९ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। 

उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ३.३६ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।्

समिक्षा अवधमिा कम्पनीको आम्दानी घटेपनि कर खर्च घटेका कारण खुद नाफामा सामान्य सुधार देखिएको हो ।  चैत मसान्तसम्म आइपुग्दा कम्पनीको आम्दानी ६.८२ प्रतिशत घटेर २५ अर्ब ४८ करोड रुपैयाँमा झरेको छ। त्यस्तै, कम्पनीको वित्तीय आम्दानी ८.९० प्रतिशत घटेको छ। 

समिक्षा अवधिमा कम्पनीक कुल आम्दानी ६.०३ प्रतिशत घटेको छ भने वित्तीय खर्च ६६.८२ प्रतिशत घटेको छ । चैत मसान्तसम्म आइपुग्दा नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ ३५ पैसा बढेर ४१ रुपैयाँ ४४ पैसा पुगेको भने । प्रतिशेयर नेटवर्थ ५१२ रुपैयाँ ९९ पैसा रहेको छ । 

Advertisment

थप समाचार