Below Menu
Below Menu

तीव्र उतारचढावबीच दोहोरो अंकले बढ्यो शेयर बजार, तीन अर्ब ४० करोडको कारोबार 

तीव्र उतारचढावबीच दोहोरो अंकले बढ्यो शेयर बजार, तीन अर्ब ४० करोडको कारोबार 

काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २४.३९ अंकले बढेर १९९८.८९ बिन्दुमा पुगेको हो । आइतबार नेप्से ८.२६ अंकले बढेर १९७४.५० बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १४८ कम्पनीको शेयरमूल्य बढेको छ । भने ८५ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै ११ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा तीन अर्ब ४० करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा तीन अर्ब १५ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज नेपाल रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३० करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा नारायणी डेभलपमेन्ट बैंक, समाज लघुवित्त, श्रीजनशील लघुवित्त वित्तीय संस्था, माण्डु हाइड्रोपावर र हिमालय उर्जा विकास कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ ।  
 

Advertisment

थप समाचार