काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्सले व्यतित बीमा लेखमा लाग्ने बिलम्ब शुल्क (ब्याजरजरिवाना) मा छुट दिने भएको छ । कम्पनीले नविकरण गर्नुपर्ने बीमालेखको मोहलत अवधि नाघी व्यतित भई पुनर्जागरणका लागि तोकिएको प्रक्रिया पुरा गरेका बीमालेखहरुमा छुट दिने भएको हो ।
इन्स्यारेन्सले उक्त बीमालेखहरुमा जेठ १ गतेदेखि असार ६ गतेसम्म नविकरण बीमाशुल्क भुक्तानी गरी सूचारु गरेमा बीमालेख नविकरण शुल्कमा ३० प्रतिशतसम्म छुट दिने भएको हो ।
कम्पनीले ३ वर्षसम्म व्यतित भएका बीमालेखहरूमा ३० प्रतिशत, ३ वर्षभन्दा माथी ५ वर्षसम्म व्यतित बीमालेखमा २५ प्रतिशत र ५ वर्षभन्दा माथी व्यतित भएका बीमालेखहरूमा २० प्रतिशत छुट दिने जनाएको छ ।
यस योजनामा समावेश भएका बीमालेखहरू पुनर्जागरणको मितिदेखि १ वर्ष भित्र समर्पण भएमा प्रदान गरिएको बिलम्ब शुल्क छुट सुविधाको सम्पूर्ण रकम कट्टा गरिने कम्पनीले जनाएको छ ।
यसका साथै एक पटक विलम्ब शुल्कमा छुट लिई सकेका बीमितहरूलाई पूरा बीमा अवधिभर पुनः छुट नदिने कम्पनीको भनाई छ । यस परिमार्जित व्यवस्था जेठ १ गतेदेखि असार ६ गतेसम्म मात्र लागू हुनेछ ।
Advertisment