काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २८.६२ अंकले बढेर २०२७.५१ बिन्दुमा पुगेको हो । सोमबार नेप्से २४.३९ अंकले बढेर १९९८.८९ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका २१९ कम्पनीको शेयरमूल्य बढेको छ । भने २२ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै तीन कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा चार अर्ब ८ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा तीन अर्ब ४० करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज सिईडिबी हाइड्रोपावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १५ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा समाज लघुवित्त, मानुषी लघुवित्त, उपकार लघुवित्त, युनिक नेपाल लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज हिमालय उर्जा किजास कम्पनीको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ ।
Advertisment