काठमाडौं : सरकारले लघुवित्त पिडितहरुको कर्जा पुनर्तालिकीकरण गरिने नीति लिएको छ । आज राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै लघुवित्तका ऋणीहरुको कर्जा पुनर्तालिकीकरण तथा पुर्नसंरचना गरिने बताएका छन् ।