काठमाडौं : सरकारले बन्द भएका उद्योग सञ्चालनका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने लिएको छ । आज राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बन्द भएका उद्योग सञ्चालन तथा व्यवस्थापन गर्न निजी लगानीलाई प्रोत्साहन गरिने बताएका छन् ।
निजी क्षेत्र प्रतिस्पर्धी भएका र गोरखकाली रबर उद्योग, बुटवल धागो कारखाना, हेटौंडाँ कपडा उद्योग लगायतका बन्द तथा रुग्ण अवस्थामा रहेका सार्वजनिक संस्थानलाई सम्भाव्यताको आधारमा सार्वजनिक निजी साझेदारीमा अन्य उपयुक्त व्यवस्थापन र विधिबाट सञ्चालन गरिने बताए ।
Advertisment