काठमाडौं : पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घटेको छ ।
बुधबार बसेको नेपाल आयल निगम सञ्चालक समिति बैठकले पेट्रोलमा प्रतिलिटर ७ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर पाँच रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो ।
अब पेट्रोल उपत्यकामा १७१ र डिजेल/मट्टितेल लिटरको १५४ रुपैयाँ पर्ने निगमका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
घटेको मूल्य बुधबार राति १२ बजेदेखि लागू हुनेछ ।