काठमाडौं : ठमेल प्लाजा होटल एन्ड सुइटस् लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ जाी गर्ने प्रस्तावसहित जेठ १९ गते विशेष साधारण सभा बोलाएको छ । उक्त सभा कम्पनीको सभाकक्ष, ठमेल, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।
यसका साथै सभामा हाल कायम शेयरधनीहरुलाई हकप्रद शेयर पनि निष्कासन गर्ने सम्बन्धमा छलफल हुनेछ । त्यसैगरी सभाले हकप्रद र आईपीओ निष्कासनको सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।
साधारणसभा प्रयोजनका लागि कम्पनीले जेठ १५ गते एक दिनका लागि बुक क्लोज गर्ने जनाएको छ । जस अनुसार जेठ १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको साधारणसभा भाग लिन पाउनेछन् ।
Advertisment