काठमाडौं : साताको अन्तिम कारोबार दिन (आज) शेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ०.७९ अंकले बढेर २०१८.७६ बिन्दुमा पुगेको हो । बुधबार नेप्से ९.५४ अंकले घटेर २०१७.९७ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १०३ कम्पनीको शेयरमूल्य बढेको छ । भने १३९ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै तीन कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा चार अर्ब १२ करोड ३८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा तीन अर्ब ७० करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज सिईडिबी हाइड्रोपावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ४३ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा हिमालयन लघुवित्त, श्रीजनशील लघुवित्त, स्वाभिमान लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज माण्डु हाइड्रोपावर कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ ।
Advertisment